Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

शनिवार , पौष २०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

हिजोबाट सुरु भएको बैठक आज बिहान ८ बजे बस्ने पनि बस्न लागेको हो । शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।

भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएकाहरूसँग सकेसम्म एकता गर्ने, एकता सम्भव नभए समान विचारधारा भएका दलसँग सहकार्य गर्ने वा मोर्चा बनाउने उद्देश्य राखेको छ।

संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ। शुक्रबारको बैठकमा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077