Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दामा फरार रहेका जितन १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका जितन १६ वर्षपछि पक्राउ

शनिवार , पौष २०, २०८१

काठमाडौं । रौतहटमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।

कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ ।

शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसबेलादेखि जितन फरार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077