Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसले एक्लै चुनाव लड्छ , संगठन सुदृढीकरण बनाऔं : प्रकाशमान सिंह

कांग्रेसले एक्लै चुनाव लड्छ , संगठन सुदृढीकरण बनाऔं : प्रकाशमान सिंह

शनिवार , पौष २०, २०८१

महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन्।

नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहेका नेता सिंहले यस्तो बताएका हुन्।

उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे। केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनको भनाई छ।

समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077