Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ कारागारमा एक कैदीको मृत्यु

शनिवार , पौष २०, २०८१

मोरङ । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राई रहेका छन् ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार हाडनाता करणी कसूरमा दोषी ठहर भएका राईको शनिबार दिउँसो ३ः५० बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दामा २०७३ माघ ९ गते १४ वर्ष कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077