Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलाली प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’ : लागु औषधसहित १० जना पक्राउ

कैलाली प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’ : लागु औषधसहित १० जना पक्राउ

शनिवार , पौष २०, २०८१

कैलाली । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो ।

कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका–२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी–१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी–६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट पाँच सय मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१० को घुइयाघाटबाट २५ वर्षीय प्राभुपन रानालाई पक्राउ गरिएको छ ।

उनले चलाएको सुपप्र ०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा अगाडीको भागमा लुकाइछिपाई राखेको अवस्थामा ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

टीकापुर नगरपालिका–२ आखाँ अस्पताल नजिकैबाट सोही ठाउँ बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पनि ८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका–८ घर भएर केदार टोलमा नास्ता पसल सञ्चालन गरी बसेका ४० वर्षीय रोसन महराको नास्ता पसलबाट लागुऔषध चरेस बरामद गरिएको छ ।

महराको पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागुऔषध चरेससहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पसलबाट १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077