Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यू-१९ महिला विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

यू-१९ महिला विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

शनिवार , पौष २०, २०८१

काठमाडौं । नेपालको यू-१९ महिला टी-२० विश्वकप टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा प्रतियोगिता आयोजना हुँदैछ ।

गत डिसेम्बरमा मलेसियामा सम्पन्न एसीसी यू-१९ महिला एसिया कप खेल्ने १५ खेलाडीलाई नै विश्वकपको लागि निरन्तरता दिइएको छ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन् ।

यस्तो छ नेपाली टोली :

पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077