Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

इँटा व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको अवस्थामा फेला

इँटा व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको अवस्थामा फेला

शनिवार , पौष २०, २०८१

सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिबार शव फेला परेको हो ।

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रसाईं यही पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान ‘बरहथवा पैसा लिन जान्छु’ भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

उनका अनुसार, प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिल समेतको उपस्थितिमा खाल्डो खनेर शव निकालिएको हो ।

प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077