Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म्यान्मारमा ६ हजार कैदीले पाए एकैपटक आममाफी

म्यान्मारमा ६ हजार कैदीले पाए एकैपटक आममाफी

आइतवार , पौष २१, २०८१

म्यान्मार । म्यान्मारको सैनिक सरकार (जुन्टा) ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ ।

देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको हो ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलगायत हजारौँ नेता–कार्यकर्ता, अधिकारकर्मी र प्रदर्शनकारीलाई कारागारमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077