Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

आइतवार , पौष २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

आजको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक, केन्द्रीय विभागको पुनः संरचना, आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधन गर्नेछ ।

हिजोदेखि सुरु भएको दुई दिने बैठकले आगामी माघ दुई गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ ।

पहिलो दिनको बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माणको चरणलाई समयमा पूरा गर्न राष्ट्रव्यापी अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न संरचना बनाउने र जिल्ला समितिको सहयोगका लागि कार्यदल गठन गर्नेबारे छलफल भएको थियो ।

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077