Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीलंकामा ११ किलो सुनसहित तीनजना पक्राउ

श्रीलंकामा ११ किलो सुनसहित तीनजना पक्राउ

आइतवार , पौष २१, २०८१

एजेन्सी । श्रीलंकाको नौसेनाले डुंगामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुद्री क्षेत्रबाट ११ किलो ३०० ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उक्त सुन र शंकास्पद व्यक्तिलाई कानुनी कारबाहीका निम्ति कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्ने क्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077