Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट ७ ग्राम लागु औषधसहित निरज पक्राउ

कैलालीबाट ७ ग्राम लागु औषधसहित निरज पक्राउ

आइतवार , पौष २१, २०८१

धनगढी । कैलालीमा ७ ग्राम खैरो हेरोईनसहित प्रहरीले युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका-९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय निरज जैसी रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटि गएको प्रहरी टोलीले टिकापुर नगरपालिका-९ बालुवाटार स्थित सडक खण्डबाट पक्राउ गरेको हो ।

उनको साथबाट ७ ग्राम २६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।

जैशीले चलाएको से ६ प ९०६३ नम्बरको मोटरसाईकललाई शंकाका आधारमा चेकजाँच गर्दा पछाडीको दुवै ईन्डिकेटर भित्र लुकाईछिपाई राखेको अवस्था खैरो हेरोईन बरामद गरिएको हो ।

जैसीलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077