Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्व आईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, भने - राजनैतिक पार्टीसँग आवद्ध छैन

पूर्व आईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, भने - राजनैतिक पार्टीसँग आवद्ध छैन

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । आज बिहान फेसबुकमा स्टाटस लेख्दै खनालले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको जानकारी गराएका हुन् ।

खनालले आफू स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानमा काम गरिरहेको पनि बताएका छन् । उनले देश र समाजको हितका लागि सक्दो काम गरिरहने पनि बताएका छन् ।

'हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,' उनले लेखेका छन्, 'म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।'

२०७४ देखि २०७६ सम्म प्रहरी प्रमुख रहेका खनाल २०७९ मा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077