Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युक्रेनबाट प्रहार भएका आठ मिसाइल खसालेको दाबी गर्दै रुसको चेतावनी - जवाफी कारबाही गर्छौं

युक्रेनबाट प्रहार भएका आठ मिसाइल खसालेको दाबी गर्दै रुसको चेतावनी - जवाफी कारबाही गर्छौं

आइतवार , पौष २१, २०८१

एजेन्सी । रुसले आफ्नो भूभागमा युक्रेनबाट प्रहार भएका आठ वटा शक्तिशाली मिसाइल खसालेको दाबी गरेको छ।

युक्रेनले आज बिहानै प्रहार गरेका अमेरिका निर्मित एटीए–सीएमएस मिसाइल खसालेको रुसले दाबी गरेको हो ।

रुसले यसविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

मस्कोले युक्रेनबाट प्रहार भएका मिसाइलहरु ३ सय किलोमिटर रेन्जमा प्रहार गर्ने क्षमताको रहेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले पश्चिमा समर्थक किभ शासकले गरेको उक्त आक्रमणको जवाफी कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077