Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विद्युतीय धरापमा युवक परेपछि चारजना पक्राउ

विद्युतीय धरापमा युवक परेपछि चारजना पक्राउ

आइतवार , पौष २१, २०८१

कैलाली । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी रहेका छन् ।

गौरीगंगा नगरपालिका-१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

उनी उपचारपछि घर फर्किसकेका छन् । पक्राउ परेकाविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077