Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु

मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु

आइतवार , पौष २१, २०८१

मोरङ । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राई छन्।

स्वास्थ्यमा खराबी आएपछि कारागारबाट कोशी प्रदेश अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि राईलाई शनिबार दिउँसो २ बजे अस्पताल लगिएको थियो।

दिउँसो ३:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको थियो। राई हाडनाता करणी मुद्दामा २०७३ जेठदेखि १४ वर्षको सजाय काटिरहेका थिए।

आइतबार उनका छोराले शव बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077