Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर

आइतवार , पौष २१, २०८१

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिवादी कायम गरिएका मध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077