Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

छविलालको बयान – रवि र जीबीले मेरो कीर्ते हस्ताक्षर गरेपछि सहकार्य टुट्यो

छविलालको बयान – रवि र जीबीले मेरो कीर्ते हस्ताक्षर गरेपछि सहकार्य टुट्यो

आइतवार , पौष २१, २०८१

काठमाडौं । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेर कम्पनीको उद्देश्य परिवर्तन गराएको बताएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरी ठगी गरेको मुद्दामा पूर्वप्रहरी नायब महानिरीक्षकसमेत रहेका जोशीले प्रहरी समक्ष उक्त बयान गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा जोशीले भनेका छन्, “मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो कीर्ते हस्ताक्षर गरी कम्प्नीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरुसँग सहकार्य गर्न छाडेको हुँ ।”

गोरखा मिडिया नेटवर्क प्रालि स्थापना भई करिब २३ महिना मै कम्पनी छाडी विदेश गए पनि विधिवत् रूपमा उक्त कम्पनी स्थापना भएको करिब ७ महिनापछि मात्र आफ्नो नाममा भएको शेयर प्रतिवादी गितेन्द्रबाबु राईलाई नै बिक्री गरी कम्पनीको दायित्व र जिम्मेवारीबाट पूर्णरूपमा अलग भएको उनले बयान गरेका छन् ।​​​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077