Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्वर्णलक्ष्मी सहकारीबाट रविले पाँच करोड रकम अपचलन गरेको प्रहरीको निष्कर्ष

स्वर्णलक्ष्मी सहकारीबाट रविले पाँच करोड रकम अपचलन गरेको प्रहरीको निष्कर्ष

आइतवार , पौष २१, २०८१

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहूद्देश्यीय सहकारीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पाँच करोड भन्दा बढी बचत रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोजनमा सभापति रविले ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुसन्धान ब्यहोरामा भनिएको छ, ‘...गितेन्द्र बाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता÷फायलहरूबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. ५,०८,६९,६३३.०५ (अक्षर रुपी पाँच करोड आठ लाख उनन्सत्तरी हजार छ सय तेत्तिस रुपैयाँ पाँच पैसा) अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो ।’

यस्तै उनले आफू गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक तथा सञ्चालक समितिको सदस्य हुँदा कुनै वित्तीय जिम्मेवारीमा नभएको बताए ।

“नयाँ कम्पनी भएको र लगानीकर्ताको व्यापार व्यवसाय सात वटा देशमा भएको कारणले उनको व्यस्तताका कारण टेलिभिजन खोल्न ढिला नहोस् भन्ने उद्देश्यले म गोरखा मिडिया नेटवर्कका खाताअन्तर्गतका चेकहरूको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवारीमा कहिले पनि थिइनँ,” बयानमा लामिछानेले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077