Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आफूलाई चढ्न नदिएको झोकमा पालिकाकी उपाध्यक्षले गरिन् स्कर्पियोमा ढुंगा प्रहार

आफूलाई चढ्न नदिएको झोकमा पालिकाकी उपाध्यक्षले गरिन् स्कर्पियोमा ढुंगा प्रहार

आइतवार , पौष २१, २०८१

सिरहा । आफूलाई चढ्न नदिएको भन्दै सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले नै तोडफोड गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले आफूलाई चढ्न नदिएको भन्दै बा २ झ ३६४३ नम्बरको सरकारी स्कर्पियो तोडफोड गरेकी हुन् ।

उनले स्कर्पियोमा इँट्टा र ढुंगा प्रहार गर्दा झ्याल, ढोकाको सिसासहित विभिन्न भागमा क्षति पुगेको बताइएको छ । विष्णुपुर गाउँपालिकामा एक आफ्नै र एक भाडाका गरी दुई स्कर्पियो छन् ।

जसमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गाडी किनिएको छ भने भाडाको गाडी प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका छन् ।

पालिकाको दुवै गाडी अध्यक्ष सत्यनारायण यादवले कब्जा गरेर राखेको उपाध्यक्ष सिंहको आरोप छ ।

आइतबार बिहान १० बजे उपाध्यक्ष सिंहले आफूलाई घरमा लिन आउन गाडी चालकलाई बोलाएकी थिइन् । तर चालकले भनेको नमानेपछि गाडी तोडफोड गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077