Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पार्टीलाई क्षति पुर्‍याउने भन्दै भीम रावलसहितका नेतालाई गरिएको कारबाही सच्याउन माग

पार्टीलाई क्षति पुर्‍याउने भन्दै भीम रावलसहितका नेतालाई गरिएको कारबाही सच्याउन माग

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावलसहित तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन आवज उठेको छ ।

आइतबारको बैठकमा पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनुपर्ने आवाज उठेको हो ।

केन्द्रीय सदस्यहरू झपट रावल र प्रकाश शाहले सो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077