Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल प्रहरीले ५ महिनामा उठायो दुई अर्ब २४ करोड बढी राजस्व

नेपाल प्रहरीले ५ महिनामा उठायो दुई अर्ब २४ करोड बढी राजस्व

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख राजस्व सङ्कलन भएको छ ।

विशेष कार्ययोजना लागू गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077