Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

सोमवार , पौष २२, २०८१

एजेन्सी । भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

भारी हिमपातपछि हिमआँधीको पूर्वचेतावनी दिँदै केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको हो ।

देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ ।

ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकामा २ हजारभन्दा बढी उडान ढिलो र १,५०० रद्द गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077