Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : प्रतीक थापाको मुद्दामा कैफियत झिकाउन सर्वोच्चको आदेश

भुटानी शरणार्थी प्रकरण : प्रतीक थापाको मुद्दामा कैफियत झिकाउन सर्वोच्चको आदेश

सोमवार , पौष २२, २०८१

काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा कैफियत आदेश माग भएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले थापा गृहमन्त्री हुँदा बिचौलियाको काम गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुनुअघि नै उनी फरार भएका थिए।

फरार नै देखाएर मुद्दा दायर गरेपछि उनी २०८१ असार १४ गते पक्राउ परेका थिए । लगत्तै उनलाई जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उनी त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेका थिए । उनले आफू धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतको भदौ २ गते उनलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077