Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सक्कली प्रहरीको सलाम खाँदै हिँडेका 'नक्कली इन्स्पेक्टर' पक्राउ

सक्कली प्रहरीको सलाम खाँदै हिँडेका 'नक्कली इन्स्पेक्टर' पक्राउ

सोमवार , पौष २२, २०८१

काठमाडौं । प्रहरीको 'इन्स्पेक्टर हुँ' भनेर ठगीको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित थापाचोक घर भएका ३८ वर्षीय सुदीप थापा रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थापालाई थापाचोकबाटै पक्राउ गरिएको हो ।

आरोपीले इन्स्पेक्टरको युनिफर्म लगाएको फोटो देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। उनले क्यानडा र अष्ट्रेलिया पठाउँछु भनेर ठग्ने गरेको आरोप छ।

अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीका अनुसार आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए । सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि भएको थियो ।

पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले थापालाई पक्राउ गर्न सफल भएको हो । नक्कली इन्स्पेक्टर थापा सक्कली प्रहरीको सलाम खाँदै हिँडेका थिए ।

उनी कोटेश्वर प्रहरी प्रभाग र नयाँ बानेश्वर प्रहरी वृत्तमा भित्र छिर्ने गरेको खुलेको हो । प्रहरी कार्यालयभित्र छिरेर प्रहरी जवानहरूसँगै बसेर फोटो खिचेर फर्किने गरेको खुलेको छ । कीर्ते मुद्दामा अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।

यस्तै उनलाई प्रहरीको नक्कली परिचयपत्र र विशेष बढुवा सिफारिस सूचीको कागजात तयार गरिदिने प्रेस सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोर कुमार चौधरीलाई पनि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077