Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डाक्नेश्वरी–१ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

डाक्नेश्वरी–१ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

सोमवार , पौष २२, २०८१

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बलात्कार गरी हत्या गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलान गरेको बताइएको छ ।

साहविरुद्ध जबर्जस्ती करणीपछि हत्या र अपहरण गरी व्यक्ति बेपत्ता पारेको तीनवटा कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर भएको छ।

उक्त मुद्दामा वडाध्यक्ष साहसहित राजनारायण साह, ईन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077