Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सातदोबाटोस्थित अवैध कल सेन्टरमा सिआइबीले हान्यो छापा, ५३ जना पक्राउ

सातदोबाटोस्थित अवैध कल सेन्टरमा सिआइबीले हान्यो छापा, ५३ जना पक्राउ

मंगलवार , पौष २३, २०८१

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले छापा हानेको छ ।

सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको छापा हानिएको हो । सिआइबीले छापा हानेर ५३ जना पक्राउ गरेको जनाएको छ ।

सिआइबीका अनुसार पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेका छन् ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको बताइएको छ । सिआइबीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077