Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा

मंगलवार , पौष २३, २०८१

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो पदबाट राजीनामा दिएका छन्।

ट्रुडोले पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

उनले प्रधानमन्त्री पदसँगै सत्तारूढ लिबरल पार्टीको नेताबाट पनि राजीनामा दिएका छन्।

लिबरल पार्टीको अर्को नेता चयन नहुँदासम्म उनी प्रधानमन्त्री रहने छन्।

पछिल्लो समय मतदातामाझ लोकप्रियता घट्दै गइरहेको भन्दै लिबरल पार्टीभित्रै उनलाई राजीनामा गर्न दबाब थियो।

क्यानडामा यसै वर्ष अक्टोबरभन्दा अगाडि चुनाव हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077