Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल बारका अध्यक्ष घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

नेपाल बारका अध्यक्ष घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

मंगलवार , पौष २३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको विवादित वक्तव्यको अडिओ झिकाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो।

घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलासले विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश गरेको छ।

बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो। यसअघि अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको थियो ।

न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए।

बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुलसित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषद्को विज्ञप्तिमा उल्लेख थियो। केही दिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077