Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वउपराष्ट्रपतिलाई मैले बैठकमा बोलाएको होइन : प्रचण्ड

पूर्वउपराष्ट्रपतिलाई मैले बैठकमा बोलाएको होइन : प्रचण्ड

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुलाई पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको जवाफ दिएका छन् ।

सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।

आज पार्टीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् ।

अध्यक्ष प्रचण्डले भने–‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो ।

केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर प्रचण्डले ‘आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गरे ।

पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक–पटक दोहोर्‍याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’ प्रचण्डले भने ।

कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077