Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ढुंगाचाल्नामा बन्यो सुविधा सम्पन्न प्रहरी चौकी

ढुंगाचाल्नामा बन्यो सुविधा सम्पन्न प्रहरी चौकी

मंगलवार , पौष २३, २०८१

अछाम । अछामको ढकारी गाउँपालिका-६ स्थित प्रहरी चौकी ढुंगाचाल्नाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

मंगलबार सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक गणेश चन्दले एक समारोहका बीच सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।

सो भवनको उद्घाटन गर्दै डीआईजी चन्दले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए ।

यसैगरी अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले भवन निर्माण भएसँगै अब दुर्गममा खटिने प्रहरीको मनोबलसमेत बढ्ने धारणा राखे ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) बाँकी रहेका ठाउँमा पनि यस्तै सुविधान सम्पन्न संरचना बनाउन आवश्यक रहेको बताए ।

सो भवन तीन करोड ५८ लाख ७१ हजार ९७४ रुपैयामा निर्माण भएको बताइएको छ । नवनिर्मित भवनमा प्रशासनीक कार्यकक्ष, हल, हिरासत लगायतका सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077