Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

बुधवार , पौष २४, २०८१

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ ।

बंगलादेशका स्थानिय सञ्चार माध्यमका अनुसार शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको हो । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् ।

उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ। अब शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ ।

यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077