Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लस एन्जलसको जंगलमा भीषण आगलागी, हजारौं मानिस घरबार छोडेर भागे

लस एन्जलसको जंगलमा भीषण आगलागी, हजारौं मानिस घरबार छोडेर भागे

बुधवार , पौष २४, २०८१

एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी भएको छ ।

२० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् ।

यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्। प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको छ ।

यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077