Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तिब्बत महाभूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प

तिब्बत महाभूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प

बुधवार , पौष २४, २०८१

एजेन्सी । चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ ।

चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका हुन् । परकम्पमा सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको रहेको चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ ।

मंगलबार आएको भूकम्पले कम्तीमा १२६ जनाको ज्यान लिएको छ । हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्।

मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077