Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहायक हवल्दार पाली ड्युटीकै क्रममा बीपीनगरमा बेहोस, धनगढीमा प्राण त्यागे !

सहायक हवल्दार पाली ड्युटीकै क्रममा बीपीनगरमा बेहोस, धनगढीमा प्राण त्यागे !

बुधवार , पौष २४, २०८१

डोटी । इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा बेहोस भएका थिए ।

तर उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपाल घर भएका पाली बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएका थिए ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो। सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

अस्पतालले पालीलाई आज विहान पौने ७ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए । उनी बिहान ३ बजेदेख ६ बजेसम्मको कार्यालय ड्युटीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077