Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आसामको कोइला खानीमा फसेका एक मजदुरको शव फेला

आसामको कोइला खानीमा फसेका एक मजदुरको शव फेला

बुधवार , पौष २४, २०८१

एजेन्सी । आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइला खानीमा फसेका नौ कामदारमध्ये एक जनाको शव फेला परेको छ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सोसल मिडिया प्लेटफर्म एक्समार्फत उक्त जानकारी दिएका हुन्।

त्यहाँ फसेका मध्ये एकजना नेपाली कामदार पनि रहेको जनाइएको छ। शव निकालिएको व्यक्तिको परिचय भने हालसम्म खुलाइएको छैन।

आसाम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ।

मजदुरहरू सोमबार बिहान करिब ८ बजे आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीबाट कोइला निकाल्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077