Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

बुधवार , पौष २४, २०८१

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर भएकी छन्।

सहकारी ठगी प्रकरणमा फरार रहेकी ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला आज मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन्।

अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुनेछ। मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077