Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बक्यौता रकम भुक्तानीको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई उद्योगीको आग्रह

बक्यौता रकम भुक्तानीको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई उद्योगीको आग्रह

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

बालुवाटारमा भएको भेटमा परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले प्रधानमन्त्री ओलीसँग उक्त आग्रह गरेका हुन् ।

उनीहरुले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मुल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजन लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे।

सरकारलाई गुणस्तर मापदण्ड पूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उनले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077