Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पोल्यान्ड पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने २ जना पक्राउ

पोल्यान्ड पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने २ जना पक्राउ

बुधवार , पौष २४, २०८१

काठमाडौं । वैदेशिक रोजगारका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन्।

पक्राउ परेका कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077