Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा भोलि आदेश आउने सम्भावना

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा भोलि आदेश आउने सम्भावना

बुधवार , पौष २४, २०८१

कास्की । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा बिहीबार आदेश आउने सम्भावना भएको छ ।

कास्की जिल्ला अदालतमा एक सातादेखि जारी बहस बुधबार निष्कर्षतिर पुगेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासले सम्भवतः बिहीबार साँझसम्ममा आदेश दिने सम्भावना छ ।

बुधबार नै जाहेरवालाको तर्फबाट तीनजनाले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू रमनकुमार कर्ण, राम घिमिरे र अधिवक्ता वेदबहादुर विष्टले जाहेरवालाकोतर्फबाट बहस गरेका हुन् ।

अब भोलि सरकारी वकिलकोतर्फ जवाफी बहस हुनेछ । सरकारी वकिलले जवाफी बहसमा लगाउने समयका आधारमा आदेश आउने कुरा निर्भर हुन्छ । जवाफी बहस चाँडै सकिएमा भोलि नै साँझसम्म आदेश आउन सक्ने बताइएको छ ।

यस मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिहरु रहेका छन् । उनीसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077