Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लमजुङबाट राइफलसहित ११४ अवैध हतियार बरामद

लमजुङबाट राइफलसहित ११४ अवैध हतियार बरामद

बुधवार , पौष २४, २०८१

लमजुङ । लमजुङमा प्रहरीले एक सयभन्दा बढी अवैध हतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार तीन महिनाको अवधिमा विभिन्न ठाउँबाट ११४ वटा भरुवा बन्दुक बरामद भएको हो ।

लमजुङ प्रहरीले अवैध हतियार बरामद अभियान नै सञ्चालन गरेको थियो ।

२२ बोर हर्नेट, १२ बोर दुईनाले बन्दुक, एकनाले वृज लोडिङ राइफलसहित ११४ थान हतियार बरामद गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077