Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बुढाबुढीको झगडाले लियो दिदी बहिनीको ज्यान

बुढाबुढीको झगडाले लियो दिदी बहिनीको ज्यान

बुधवार , पौष २४, २०८१

सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा उनीहरुकै आमालाई पक्राउ गरिएको छ ।

बुधबार बिहान सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपाल गाउँमा तीन वर्षीया करिस्मा र छ महिनाकी राघवी राना आफ्नै घरभित्र मृत फेला परेका थिए ।

तर प्रहरी अनुसन्धानबाट उनीहरुको हत्या आमा पूर्णिमा रानामगरले गरेको खुलेको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुको हत्या पूर्णिमाले नै गरेको खुलेको सल्यान प्रहरीले जनाएको छ ।

कामको सिलसिलामा नुवाकोटमा रहेका श्रीमान्‌सँग पूर्णिमाले बुधबार बिहान फोनमा झगडा गरेकी थिइन् । सोही झोँकमा दुवै छोरीको हत्या गरेको पाइएको सल्यान प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएकी पूर्णिमाले पतिसँगको झगडापछि रिसको झोँकमा आफू पनि मर्ने उद्देश्यले छोरीहरुको हत्या गरेको बयान दिएकी छन् । यद्यपि थप विवरण अनुसन्धानबाट थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077