Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो भन्सारले छोडेको मालवाहक ट्रक !

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो भन्सारले छोडेको मालवाहक ट्रक !

बुधवार , पौष २४, २०८१

कैलाली । बुधबार भन्सार छली गरेर धनगढी आएको यूपी २५ एफटी ०९३८ नम्बरको मिनी ट्रक सशस्त्र प्रहरीले सहिद गेट नजिकबाट समात्यो ।

त्रिनगरस्थित भन्सार कार्यालयको उत्तर तिरको सशस्त्र प्रहरी, मिलचोकमा रहेको प्रहरी तथा चौराह क्षेत्रमा रहेको नेपाल प्रहरीको सुरक्षा छल्दै सो गाडी सहिद गेट नजिक पुगेको थियो ।

साथै सो गाडीलाई कैलाली भन्सारले पनि छोडेको थियो । तर सशस्त्र प्रहरीले १५ लाख १९ हजार चार सय मुल्यको फलफूलसहितको ट्रक सहिद गेट नजिकबाट नियन्त्रणमा लिएको हो ।

सो मिनी ट्रकलाई भन्सार कार्यालयले पनि छोडेपछि आशंका उत्पन्न भएको छ । सो गाडीसहितको सामान नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले कैलाली भन्सार कार्यालयमा पठाएको थियो ।

तर सो मिनी ट्रक भन्सारले बुझ्न आनाकानी गरेको थियो । तर अन्ततः बुधवार साँझ कैलाली भन्सार कार्यालय, धनगढीले गाडीसहितको सामान बुझेको छ । १५ लाख १९ हजार बिगोसहित भारतीय गाडी भन्सार बुझाएको सशस्त्र प्रहरी, कैलालीले जनाएको छ ।

भारतीय फलफूल व्यापारीले मिनी ट्रकमा अङ्गुर, अनार र अम्बा भन्सार नतिरेर धनगढी पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077