Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

घुस लिँदै गर्दा विद्यालयका लेखापाल र सदस्य पक्राउ

घुस लिँदै गर्दा विद्यालयका लेखापाल र सदस्य पक्राउ

बुधवार , पौष २४, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार रहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–५ स्थित विद्यालयमा भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा बुटवलस्थित अख्तियारको टोली खटिएको थियो ।

सो टोलीले आज (बुधबार) गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा लेखापालको कार्यकक्षबाट पक्राउ गरेको हो ।

पक्राउपछि अख्तियारले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077