Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईविरुद्ध संगठित अपराध तथा अपराधिक लाभको मुद्दा दायर

दुर्गा प्रसाईविरुद्ध संगठित अपराध तथा अपराधिक लाभको मुद्दा दायर

बुधवार , पौष २४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध फेरि अर्को मुद्धा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार संगठित अपराध तथा अपराधिक लाभ मुद्दा दायर गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रसाईले धम्काएको अभियोगपत्रमा उल्लेख छ । प्रसाईविरुद्ध नेपाल राष्ट्र बैंकका साथै व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले उजुरी दिएको बताइएको छ ।

सिआइबीले प्रसाईसहित हरिचन्द्र फुयल तथा रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाएको छ । तर सिआइबी अनुसन्धान अधिकृतहरूसँगको बयानमा प्रसाईले धम्की दिएको आरोप अस्वीकार गरेका छन् ।

यसअघि प्रसाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077