Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस उपसभापति धनराज भन्छन् - पतित राजनीतिभन्दा माथि उठौँ

कांग्रेस उपसभापति धनराज भन्छन् - पतित राजनीतिभन्दा माथि उठौँ

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पतित राजनीतिभन्दा माथि उठ्न आग्रह गरेका छन् ।

६ वर्ष पहिले बोलेको विषय काटेर सामाजिक सञ्जालमा 'भाइरल' गराइएको उल्लेख गर्दै बुधबार राति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।

'वैचारिक रूपमा प्रतिस्पर्धा गरौँ। पतित राजनीतिभन्दा माथि उठौँ,' उनले भनेका छन् ।

अगाडि उनी भन्छन्, 'झन्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकारविरुद्ध तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको आन्दोलनको मेरो भाषणको भिडिओ क्लिप हाल सामाजिक सञ्जालमा प्रचार गरेर प्रोभोक गर्ने कार्य खेदजनक छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077