Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

झन्डै २५ किलो चरेशसहित तीनजना पक्राउ

झन्डै २५ किलो चरेशसहित तीनजना पक्राउ

बिहिवार , पौष २५, २०८१

दाङ । दाङको घोराहीबाट झन्डै २५ केजी चरेशसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका– २ का ३९ वर्षीय निमबहादुर आले, नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका –७ का २९ वर्षीय प्रकाश घर्ती मगर छन् ।

गोप्य सूचनाका आधारमा पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापा नेतृत्वको टोलीले बुधबार बेलुका ७ बजेतिर घोराही उपमहागरपालिका –१३ सिर्जनशील टोलस्थित एक घरबाट नियन्त्रणमा लिएको थियो ।

स्थानीय कुलबहादुर बस्नेतको घरको तल्लो फ्लाइट भाडामा लिएर उनीहरु बस्दै आएका थिए।

निमबहादुर आले र देउकली बुढा मगरले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठा भित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको डिएसपी थापाले बताए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077