Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

बिहिवार , पौष २५, २०८१

एजेन्सी । अमेरिकाको लस एन्जल्सस्थित जंगलमा आगो लाग्दा कयौँ मानिस हताहत भएका छन् ।

आगलागीमा परी हालसम्म ५ जनाको मृत्यु भएको छ भने मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

लस एन्जल्स काउन्टीका फायर चीफ एन्थोनी म्यारोका अनुसार एन्टाडेनाको ईटनमा भएको आगलागी १० हजार ६ सय एकड जंगलमा फैलिएको छ ।

आगलागीबाट प्रत्यक्ष रुपमा १० हजार मानिस प्रभावित भएको जनाइएको छ । आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन् भने आगो नियन्त्रणमा आईसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077