Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

बिहिवार , पौष २५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १५० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।

भन्सार छली गरी लैजान लागेको १४९. ११ ग्राम सुनसहित प्रहरीले विमानस्थलको आगमन गेटबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

नेपाल एयरलाइन्सबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077