Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा सिलिन्डर बम फेला, डिस्पोज गर्दै सेना

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा सिलिन्डर बम फेला, डिस्पोज गर्दै सेना

बिहिवार , पौष २५, २०८१

विराटनगर । पूर्वपश्चिम राजमार्गमा अन्तर्गत मोरङको मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएका छन् ।

पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा उक्त बम भेटिएको हो।

पुलनजिकै फेला परेकामध्ये एउटा सिलिन्डर बम डिस्पोज गरिएको छ। नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ।

बाँकी तीनवटा बम क्रमशः डिस्पोज गरिने प्रहरीले जनाएको छ। बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो ।

माओवादी द्वन्द्वकालमै बम राखिएको सूचना आएको थियो। सूचनालगत्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077