Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिवलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिवलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

बिहिवार , पौष २५, २०८१

मोरङ । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो।

ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ।

सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077